चितवन । नेकपा एमाले चितवनका सल्लाहकार शोभाखर चापागाईंको प्रथम वार्षिक पुण्य तिथिको अबसरमा आज उहाँकै निवास भरतपुर-६, केशरबागमा श्रद्धाञ्जली सभा गरिएको छ ।
नेकपा एमाले चितवनको आयोजनामा सो कार्यक्रम भएको थियो । गत बर्ष भदौ १५ गते कोरोना संक्रमणबाट एमाले नेता चापागाईंको निधन भएको थियो । नेकपा कोअर्डिनेशन कमिटी, चितवन (२०३४) का सदस्य, नेकपा माले चितवन (२०३५) का सस्थापक नेता चापागाईं दुग्ध उत्पादक किसान सहकारीको अभियान्ता समेत हुनुहुन्थ्यो ।
नेकपा एमाले चितवनका अध्यक्ष पार्बती रावलको अध्यक्षतामा भएको सो कार्यक्रम जिल्ला कार्यालय सचिव चन्द्रकान्त न्योपानेले संचालन गर्नु भएको थियो ।
नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज तथा चितवन इन्चार्ज काशीनाथ अधिकारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा चितवन जिल्ला सह इन्चार्ज कपिलदेव पोख्रेल, केन्द्रीय सदस्य तथा भरतपुर महानगर इन्चार्ज देवी ज्ञवाली, बागमती प्रदेश सचिवालय सदस्य जेएन थपलिया, पार्टी केन्द्रीय अनुशासन आयोगका पुर्व सचिब हरि सापकोटा, वडा अध्यक्ष राम अधिकारी लगायतले स्वर्गीय नेता चापागाईंको पार्टी प्रतिको निष्ठा, इमानदारीता र किसान प्रतिकाे लगनशीलता बारेमा चर्चा गर्नु भएको थियाे ।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







