प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित, अर्को बैठक भदौ २९ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गरेका थिए ।

सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि सहमति जुट्न सकेन । दोस्रो बैठकमा पनि एमाले सांसदहरुको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको