नेकपा एमालेको विरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनुवित्तिकै नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै नाराजुलुस गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

नेकपा एमालेका सचेतक विशाल भट्टराईले बैठकमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा विभेद गरेको भन्दै विरोध गरे ।

बैठकमा नेता भट्टराईले मन्तव्य राखेपछि त्यसबारे सभामुख सापकोटाले जवाफ दिए । तर, सांसदहरुले भने रोष्टम घेरेर नाराजुलुस गरेका थिए ।

एमालेले कारवाही गरेका सांसद पद जोगाउन सभामुख सापकोटाले ‘मतियार’को भूमिका निर्वाह गरेको आरोप एमालेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको