काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपि शर्मा ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउने आदेश जारी गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले यस्तो आदेश जारी गरेका हुन् ।
एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध भदौ १७ मा रिट निवेदन दर्ता गरेका थिए । अदालतले निर्वाचन आयो समक्ष १५ दिनभित्र लिखित जवाफ मागेको जनाइएको छ ।
पार्टीले कारवाही गरिसकेका सांसदहरुको गणनामा एमाले फुटाउने गरी आयोगले मान्यता दिएको विरुद्ध एमालेले रिट हालेको थियो ।









