सिन्धुलीका कुनैपनि एमाले जनप्रतिनिधी समाजवादीमा नजाने

काठमाडौं । माधव कुमार नेपालले एमाले बिभाजन गरेर बनेको एकिकृत समाजबादी पार्टीमा सिन्धुलीका कुनैपनि जनप्रतिनिधी जनाने हुनुभएको छ । नेकपा एमालेमा बिवाद श्रृजना हुदा देखि नै माधव नेपालको पक्षमा लागेकाहरु समेत पार्टी विभाजन गरेर नया दल दर्तामै गएपछि भने एमालेमै बस्ने भन्न थालेपछि जनप्रतिनिधीहरु समेत नया पार्टी नजाने बताउनुभएको हो ।

जिल्ला समन्वय प्रमुख सहित सिन्धुलीका ३ वटा पालिकामा प्रमुख उप प्रमुख र एउटा पालिकामा उपप्रमुख निर्वाचित भएको एमालेका ४ वटै पालिकाका प्रमुख उप प्रमुख एमालेमै रहने बताउनुभएको हो । नेकपा एमालेले चुनाव जितेका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका प्रमुख र उप प्रमुख तथा तीनपाटन गाउँपालिकाकी उपप्रमुख नेकपा एमालेमै रहने हुनुभएको हो । सिन्धुलीको जिल्ला सदरमुकाम रहेको कमलामाई नगरपालिकाका प्रमुख यसअघि, माधव नेपाल समुहमा रहेको बताइए पनि आजबाट एमाले मै रहने घोषणा गर्नुभएको हो ।

यस अघि माधव नेपाल समुहमा रहेको भनिएका वडा नं ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङले आफु बिभाजनको पक्षमा नरहेको बताउनुभएको थियो । एमाले सिद्धार्थनगरका अनुसार सिद्धार्थनगरमा३जना जनप्रतिनिधीले मात्रै सदस्यता नबिकरण गर्न बांकी रहेको छ।साउन मसान्त सम्म नबिकरण गर्न आब्हान गरेको एमालेले भदौ महिनाभरी सदस्यता नबिकरणको समय थप गर्ने र संगठन कमिटीहरु लाई २०७४ बैशाख २ मा फर्काउने सहमती भएको जनाएको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनको २१ दिनभित्र नयाँ दल रोजेमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल त्यागको कानून नलाग्ने सुविधा दिएकोले एकिकृत समाजबादीले अरु जनप्रतिनिधीहरु पनि आफ्नो पक्षमा आउने अपेक्षा गरेको छ। तर उक्त अवधिमा जनप्रतिनिधिले दल परिवर्तन गर्ने कुनै सम्भावना नभएको दावी एमालेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको