बुधबार,
आश्विन२८,
२०८३
|
Wednesday, October 14, 2026
एमाले फुटाउन सरकारले अध्यादेश ल्याएको भन्दै चितवनको कालिकामा युवासंघद्वारा मशाल जुलुस तथा बिरोध सभा
१ भाद्र २०७८, मंगलवार २०:४९
शिशिर सिंखडा, चितवन । सरकारले ल्याएको अध्यादेशको बिरोध गर्दै चितवनको कालिका-६, खोलेसिमल बजारमा युवाहरुले मशाल जुलुस तथा बिरोध सभा गरेका छन ।
सरकारले आज ल्याएको पार्टी बिभाजन गर्ने अध्यादेशको बिरोध गर्दै नेकपा (एमाले) निकटका युवा तथा विद्यार्थी हरुले मशाल जुलुस तथा बिरोध सभा गरेका हुन । राष्ट्रिय युवा संघ नेपाल कालिकाको आयोजनामा भएको सो कार्यक्रममा उनीहरुले सरकारले ल्याएको सो अध्यादेश एमाले फुटाउने उध्येश्यका साथ आएको भन्दै तत्काल फिर्ता नलिए सशक्त प्रतिकार गर्ने समेत चेतावनी दिएका छन ।
उनीहरुले अध्यादेश तत्काल खारेज गर, परमादेश सरकामुर्दाबाद, प्रधानमन्त्री देउवा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाएका थिए । सो मशाल जूलूस पश्चात आयोजित बिरोधसभामा नेकपा एमाले कालिकाका इन्चार्ज टीकाराज रिजाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य लक्ष्मण पौडेल, राष्ट्रिय युवा संघ नेपाल कालिकाका संयोजक पुर्ण महतोले मन्तव्य व्यक्त गरेका थिए ।