एनआरएनए आईसिसिमा हङकङबाट तीन उम्मेदवार मैदानमा , उपाध्यक्षमा त्रिलोक गुरुङ,सचिबमा टिका गुरुङ र डिआरसिमा दिलिप गुरुङ

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने निर्बाचनमा उम्मेदवारी दिनेहरूको संख्या बढदो छ । आइसिसिको निर्बाचन नजिकिएसँगै एनसीसी हङकङबाट तीन जनाले आइसीसीमा उम्मेदवारी दिने निर्णय भएको एनसीसी हङकङले जनाएको छ । सोमबार बसेकाे एनसीसी हङकङको बैठकले त्यहाँबाट तीन जनालाई चुनावी मैदानमा पठाउने निर्णय गरेको छ । आइसीसी उपाध्यक्ष, महिला सचिव र एसिया प्यासिफिक उपसंयोजकमा हङकङबाट उम्मेदवारको टुंगो लगाइएको अध्यक्ष गोकर्ण ढकालले बताए । ढकालका अनुसार उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक एवं आईसिसि सल्लाहकार त्रिलोक गुरुङ, महिला सचिवमा एनआरएनए हंकंगका निवर्तमान अध्यक्ष राधिका गुरुङ (टिका) र एसिया प्यासिफिक उपसंयोजकमा आइसीसी सदस्य दिलिप गुरुङलाई उम्मेदवार बनाउने सहमति जुटेको छ । तीनै उम्मेदवारलाई निर्वाचनमा जीताउन एनसीसी हङकङ एक ढिक्का भएर लाग्ने ढकालले बताए । यसअघि निर्विरोध नेतृत्व चयन गरेर चर्चा कमाएको एनसीसी हङकङले आइसीसी चुनावमा पनि सहमतिमा उम्मेदवार चयन गरेको छ ।
कार्यसमितिका सदस्य आकाश बन्जाराले यसपटक संघको केन्द्रीय समितिमा हङकङको दरिलो उपस्थिति रहने बताए । हङकङका उम्मेदवार जित हुनेमा हामी ढुक्क छौ बन्जाराले भने ।
महिला सचिवमा उम्मेदावरी दिने तयारीमा रहेकी टीका गुरुङ (राधिका) लाई बलियो उम्मेदवारको रुपमा हेरिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको