गोरखा समाज हङकङद्वारा प्रजा ज्योति आधारभूत विद्यालयलाई सहयोग
गोरखा। गोरखा समाज हङकङद्वारा प्रजा ज्योति आधारभूत विद्यालयमा शिक्षण क्षेत्रमा टेवा पुर्याउने उदेश्यले विद्यालयको कक्षा कोठाको भित्तामा विभिन्न आकृती, पढाईको सामाग्रीहरु निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।
गोरखा समाज हङकङका प्रतिनिधि शम्भु कार्कीले संकलन गरि पठाएको आर्थिक सहयोग आज उनको भाइ सुदिप कार्किले वडा अध्यक्ष तुलसी रेग्मीको रोहवरमा प्रधानाध्यापक निर्मला अर्याल रेग्मीलाई हस्तान्तरण गरेको हो । उक्त सामाजले विद्यालयमा भित्त लेखनको लागि पनि सहयोग गरेको थियो ।  साथै गोरखा समाज हङकङका प्रतिनिधि शम्भु कार्कीले ब्याक्तीगत रूपमा गण्डकी गाउँपालीका वडा नं ७ को ज्यामिरेघाटमा निर्माणाधीन मन्दिरलाई पनि दश हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको