एनआरएनए चिलिको अध्यक्ष पदमा कृष्णचन्द्र भट्टराईकाे उमेदवारी !

चितवन । प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। समाजसेवामा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए चिलिको चुनावमा अध्यक्ष पदका लागि उमेदवारी दिएका छ्न कृष्णचन्द्र भट्टराईले । शनिबार अर्थात् ३१ जुलाइमा हुन गई रहेको चुनाव कोभिड १९ को बढ्दो प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।

नेपालका १५ वर्ष पत्रकारितामा सक्रिय रहेका समाजसेवी कृष्णचन्द्र भट्टराई सबै एनआरएनएको चिरपरिचित नाम हो । नेपालमा रहँदा उनले विभिन्न राष्ट्रिय तथा स्थानीय सन्चार माध्यममा काम गरेका थिए । बिभिन्न सामाजिक काममा सम्लग्न भट्टराई लामो समयदेखि चिलिमा बस्दै आएका छन् । उनि भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा संलग्न छन् ।
युवा उद्यमशीलता मा पदोन्नति, चिलिमा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, चिलि र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, चिलिमा मुख्यतः नेपाली समुदायमा केन्द्रित, चिलिमा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली चिलिलाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, चिलिमा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू भट्टराईले आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

“साझा एनएनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसका लागि हामी सबै मिलेर काम गर्न प्रतिबद्व छौं । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु, टेलिफोन मार्फत अध्यक्ष पदका उम्मेदवार कृष्णचन्द्रले भने । एनएनआरएनए चिलिको निर्वाचनमा कोषाध्यक्ष पदका लागि नविन निश्चल गुरुगं ले उमेद्वारी दिएका छन् । अध्यक्ष र कोषाध्यक्ष पदका दुवै उमेद्वार चितवनवासी हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको