चीनद्वारा ७ जना अमेरिकी अधिकारीमाथि प्रतिबन्ध

काठमाडौं। छिमेकी मुलुक चीनले सात जना अमेरिकी नागरिक र केही संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ ।

हङकङस्थित चिनियाँ अधिकारीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्धको प्रतिउत्तरमा चीनले शुक्रबार यस्तो घोषणा गरेको हो । प्रतिबन्धमा पर्नेहरूमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्वर रस, ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, युएस–चाइना इकोनोमिक एन्ड सेक्युरिटी रिभ्यु कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमिउ लगायत रहेका बीबीसीले जनाएको छ ।

गत वर्ष हङकङमा भएको प्रदर्शन दबाउन भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । गत हप्ता अमेरिकाले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्न जोखिम बढिरहेको चेतावनीसमेत दिएको थियो ।

अमेरिकाले लगाएको प्रतिबन्धले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धका आधारभूत मान्यताको चरम उल्लंघन गरेको चीनको दाबी छ । अमेरिकाले हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी लगाएको प्रतिबन्ध औचित्यहीन रहेको पनि चीनले स्पष्ट पारेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको