चितवन । पूर्वी चितवनमा एक जना पुरुषको ज्यान गएको छ । रत्ननगर-११ स्थित पञ्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका शितल टोलका ७५ वर्षिय रोहिका कुमालको ज्यान गएको हो ।
उनलाई दिउँसो पौने ३ बजेतिर गैडाले आक्रमण गरेको थियो । गम्भीर घाइते पुरुषको उपचारका क्रममा ज्यान गएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । भरतपुर अस्पतालमा दिउसो पौने ४ बजेतिर ज्यान गएको हो ।