काठमाडौँ । सरकारले असार २९ गतेदेखि ७७ वटै जिल्लामा सञ्चालन गर्ने भएको छ ।
हालैै आएको कोरोना विरुद्धको भेरोसेल र जोनसन खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागले भेरोसल र जोनसन खोप अभियान भोलीबाटै सञ्चालन गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार यी व्यक्तिहरुले खोप पाउनेछन् ।
– ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु
– विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु( सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु
– नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु (खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु
जोनसनको खोप पाउने समूहः
– ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु
– पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु
– (हाल नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु –स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जना ।
खोप दिने र लिने आधारः
उमेर समुहको हकमाः
– उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात
– सार्वजनिक यातायातका चालक ,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र, र सवारी साधनसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित सूचिको आधारमा,
–(अत्यावश्यक सेवा प्रवाह प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरुमा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचय पत्र आधारमा – विश्वविध्यालय र विध्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा,
– खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा
– पूर्ण र अति अशक्त अपाक्तगता भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रको आधारमा