गण्डकी गाउँपालिकाद्वारा स्थानिय उत्पादनमा लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान

गोरखा । गोरखाको गण्डकी गाउँपालीकाले स्थानिय उत्पादनमा लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान गरेको छ ।

गाउँपालिकाको कार्यलय भुम्लिचोकमा एक कार्यक्रमगरी बेली चम्ली कृषि तथा पशुपन्छी अर्गानिक फार्म र मनकामना बृडीङ एन्ड रिसर्च सेन्टरलाई लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले कृषि फार्मका संचालकहरु गोकुल पन्त र जोन गुरुङलाई लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान गर्नु भएको थियो ।

गाउँपालिका भित्र उत्पादित खाद्यान्न बस्तुहरुलाई बजारीकरण गर्ने उदेश्यले लेवलिङ्ग तथा ट्रेडमार्क गरिएको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिनुभयो ।

स्थानिय उत्पादनमा लेवलिङ्ग तथा ट्रेडमार्क कार्यक्रम गण्डकी गाउँपालिका, पुर्णिमा परियोजना र फेज नेपालको संयुक्त साझेदारीमा गरिएको हो । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर, उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पुरन गुरुङ, कृषि विकास शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको