भरतपुर महानगर-२५ का वडा अध्यक्ष एवं माओवादी नेताले अंशबन्डाको विवाद मिलाउन पाँच लाख घुस खाए

काठमाडौँ । भरतपुर महानगरपालिका २५ का वडाका अध्यक्ष एवं नेकपा माओवादीका नेता विजयकुमार भुजेलले अंशबन्डाको विवाद मिलाउन पाँच लाख घुस खाएको पाइएको छ । पीडितहरूले उजुरीपछि सोही वडाका अन्य चार सदस्यले विज्ञप्ति नै निकालेर भुजेलले विवाद मिलाउन पाँच लाख घुस खाएको आरोप लगाएका छन ।

उनीहरूले घुस खाने वडा अध्यक्ष भुजेलको राजीनामा माग गरेका छन् । अध्यक्ष भुजेलले सेवाग्राहीबाट आर्थिक लाभ लिएको उनीहरुको भनाइ छ । आमाछोराबीचको अंशबन्डाको विवाद मिलाउन पाँच लाख रूपैयाँ रकम खाएको वडा सदस्यहरुले विज्ञप्ति नै निकालेर जानकारी दिएका छन ।

वडा सदस्यहरु कमलबहादुर गोदार, पार्वती विक, गौरी जमरकट्टेल र युवराज महतोले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष भुजेलले काम गरिदिएबापत पाँच लाख रूपैयाँ लिएको जानकारी दिनुभएको छ । भरतपुर–२५, शुक्रनगरका लीलाराज महतो र आशा चौधरीबीच अंशबन्डाको लेनदेनमा वडा अध्यक्ष भुजेलले मध्यस्थकर्ताको भूमिका खेल्दै पैसा बुझेका हुन । भुजेलले स्वयम् आशा चौधरीले पाँच लाख रूपैयाँ रकम लिएको बताउनुभएको छ । अध्यक्ष भुजेलले भने राजनीतिक रिसइबीका कारण वडा सदस्यहरुले नै आफ्नो विरोध गरेको बताएका छन् । from.. dainiki.com

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको