शिशिर सिंखडा, चितवन । गत बिहीबार आएको कयरखोलाको बाढीले केरा खेती बगाउँदा किसान नेत्रराज जैसीको ७० लाख रुपैया भन्दा बढी क्षेती भएको छ । खैरहनी नगरपालिका- १, हाजिपुरमा लगाईएको ८ बिगाहाको केरा बाढीले बगाएर लगेको केरा किसान नेत्रराज जैसीले बताए ।
बिक्री गर्ने बेलाको ८ बिगाहा क्षेत्रफलको मालभोग जातको सो केरा बारीमा कयर खोला पस्दा उनको केरा पुर्ण रूपमा क्षेती भएको हो । उनले सो बारी भाडामा लिई केरा खेती गर्दै आएका थिए । कयरखोलामा बाढी आएपछि आफ्नो बाटो बदलेर खोला केराबारीमा पसेको थियो । राजन थापाको सो बारी किसान नेत्रराज जैसीले ५ बर्षको लागि भाडामा लिई केरा खेती गरेका थिए ।
खोलाले ८ बिगाहाको केरा नष्ट गर्नुका साथै २ बिगाहा भन्दा बढी जमिन खोलामा परिणत भएको छ । कालिका-३, पदमपुरका किसान जैसीले ३५ बिगाहा क्षेत्रफलमा केरा खेती हर्दै आएका छ्न ।
सो खोलामा बिहीबार नै आएको बाढीले स्थानिय बेदप्रसाद भट्टराई र हरि अधिकारीको पनि केरा खेतिमा क्षेति पुर्याएको छ । सोही स्थानमा रहेको बाबा ग्यास उद्योग पनि बाढीले बगाएको थियो ।