चितवन । चितवनको रत्ननगर नगरपालिका–७ सौराहास्थित रुपनारायण चौधरीको खेतमा एक पुरुषको शव फेला परेको छ ।
कालो ज्याकेट, निलो जिन्सको हाफ पाइन्ट लगाएको अन्दाजी ४० देखि ४५ वर्षको एक पुरुषको शव फेला परेको बछौली प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र धितालले जानकारी दिए ।
बिहिबार बुढी राप्तीमा आएको बाढीले शव बगाएर ल्याएको हुनसक्ने उनले बताए । प्रहरीले घटनास्थलबाट शव उठाइसकेको छैन ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer