
शिशिर सिंखडा, चितवन । नेपाली सेनाको सिंहनाथ गण (कमाण्डो), शक्तिखोरद्वारा कालिका नगरपालिकाको वडा नं. १० र ११ को सिद्धिको बाढीग्रस्त क्षेत्रमा उद्वार कार्यमा खटिनुका साथै कालिका- न्युरेनी पुल अस्थायी रूपमा निर्माण गराई पैदल यातायातमा सहजता ल्याएको छ । सेनाको टोलिले आज बिहानै देखि कालिका-१० को तिनदोभान बजार तथा आसपासका क्षेत्रमा पुगि बाढी तथा पहिलोग्रस्त घरहरुबाट सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । तिनदोभान बजार नजिकैको कयरखोलामा ढुङ्गा हालेर अस्थायी रूपमा खोलालाई मुलधार तर्फ फर्काउने काम समेत सेनाले गरेको थियो ।





