शिशिर सिंखडा, चितवन । हिजो देखिको अविरल बर्षा पछी आएको बाढीले पुलहरु बगाउनुका साथै सयौ बस्तीहरु डुबानमा परेका छन । पुर्बी चितवनको कयर खोलामा आएको बाढीले कालिका वडा न.८ कालिका मन्दिर नजिकै रहेको कयर खोलामा बनाईएको पक्की पुलको पश्चिमी भागको जमिन बगाउदा सो क्षेत्रको आगमन अबरुद्ध भएको छ । खोलाले पुलको सो जमिन बगाँउदा न्युरेनी, देवीटार, अजिङ्गरे गाउँ जाने बाटो बिच्छेद भएको छ ।
सो बाढीले पुल नजिकैका केहि घरमा पनि क्षेति पुर्याउन सक्ने भएकाले उनिहरुको सामानहरु सुरिक्षित स्थानमा सारिएको स्थानिय बिरेन्द्र अधिकारीले जानकारी दिनु भयो । त्यस्तै खैरहनी त राप्ती नगरपालिकाको सिमानामा रहेको लदरी खोलाको बाढीले धुसरी पुल बगाउँदा पुर्व- पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।