सदरमुकाम क्षेत्रमा महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास

सोलुखुम्बु ।  सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थितरुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ ।
बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले बताउनुभयो । यस बारेमा नगरपालिकामा पटकपटक जानकारी गराउँदा समेत कुनै पहल नभएको अर्का स्थानीयवासी मीनकुमार श्रेष्ठले बताउनुभयो । फोहोर नउठ्दा नाक, मुख थुनेर हिंड्न बाध्य हुनु परेको भएको उहाँको भनाइ छ । गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ ।
विगतका दिनमा नगरपालिकाले गाडीबाट बजार क्षेत्रमा जम्मा हुने फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको भएपनि लामो समयदेखि सो कार्य रोकिएको स्थानीयवासीको भनाइ छ ।
यससम्बन्धी गुनासो आएकाले तत्काल फोहोर व्यवस्थापन गरिने नगरपालिकाकी महिला कार्यकर्ता मुना खत्रीले बताउनुभयो । चालक र सरसफाइकर्मीमा कोरोना सङ्क्रमण देखिएका कारण लामो समयसम्म फोहोर उठ्न नसकेको बताउँदै उहाँले छिटै समस्या समाधान हुने छ भन्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको