देशभर आज २ हजार ४ सय २१ नयाँ कोरोना संक्रमित थपिए, ३ हजार ५ सय ५८ जना निको भए

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय १४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४ सय ६१ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको