नेपाली कामदार धेरै भएका देशहरूमा हवाइ उडान सुरू गर्ने

काठमाडौं। कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाइ उडान सुरू गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली कामदार धेरै संख्यामा रहेका देशहरूमा पुनः हवाइ उडान सुरू गर्ने निर्णय गरेको हो ।

बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाइ उडान सञ्चालन हुनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको