वैद्यलाई पक्राउ गर्न सामुदायिकसहित एमालेका विभिन्न दश वटा जनसंगठनको माग

काठमाडौं। सामुदायिकसहित नेकपा एमालेका विभिन्न दश वटा जनसंगठनले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने उनलाई तत्काल गिरफ्तार गर्नुपर्ने एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिहरूको माग छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ उनीहरुको ज्ञापनपत्रमा भनिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र–

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको