जनकपुर–जयनगर रेल निषेधाज्ञा खुला भएलगत्तै सञ्चालनमा आउने

काठमाडौं। रेल ल्याएर पनि सञ्चालनमा आउन नसकिरहेको जनकपुर–जयनगर रेल जारी निषेधाज्ञा खुला भएसँगै सञ्चालनमा आउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएपछि अब चाँडै नै रेल सञ्चालनमा आउने अनुमान गर्न सकिन्छ ।

मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्दै रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् ।

नीतिगत, व्यवहारिक र प्राविधिक रुपमा सम्पूर्ण कुराहरुको वस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने मन्त्री नेम्वाङको जोड छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको