
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ३ सय ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९सय ८८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४ सय ८४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार २ सय ९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख २७ हजार १११ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ जना रहेको छ ।
२४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।