
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४ हजार ३ सय ९६ एक सय जना पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा थप ५ हजार २ सय २५ जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख २० हजार ८ सय १६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २सय ७५ जना रहेको छ ।
२४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।