कोरोनाबाट आज एकैदिन देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिए , ५ हजार २ सय ९३ जना निको भए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९सय १ पीसीआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६सय ८७ एक सय जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ५ हजार २ सय ९३ जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख १५ हजार ५९१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ८सय ५८ जना रहेको छ ।

२४ घण्टामा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २सय ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको