काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलिले आज मन्त्रीपरिषद विस्तार गर्न लाग्नु भएको छ । सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रीपरिषदलाई पुर्णता दिन लाग्नु भएको हो।
निकट स्रोतका अनुसार आज नियुक्त हुन लागेका मन्त्रीहरु यस प्रकार छन :-
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, विनाविभागीय
३. खगराज अधिकारी,गृहमन्त्री
४. नैनकला थापा, सन्चारमन्त्री
५. ज्वालाकुमारी साह, कृषि मन्त्री
६. . राजकिशोर यादव, उद्योग मन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
८. आशा विक, वन राज्यमन्त्री
नयाँ मन्त्रीहरुले आजै अपराह्न सपथ ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ।









