बढी भाडा असुल्ने अटोरिक्सा प्रहरीको नियन्त्रणमा

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले ‘निषेधाज्ञा’ को मौका छोपेर यात्रुसँग नियमितभन्दा बढी भाडा असुल्ने ४ वटा अटो रिक्सालाई नियन्त्रणमा लिएको छ ।
अत्यावश्यक कामका लागि सडकमा निस्केका यात्रुबाट तीन गुणासम्म भाडा असुली गर्ने चार वटा अटो रिक्सालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
बढी भाडा असुल्ने अटोरिक्साहरुमा भे १ ह २०४५, भे १ ह ३३६४, भे १ ह ३८५२ र भे १ ह ९६९ नम्बरका रहेको कोहलपुर प्रहरीले जनाएको छ ।
कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालका अनुसार ती अटो रिक्साले कोहलपुर चौराहादेखी चिसापानीसम्मको ३ सय, मदन चोकसम्मको १ सय र राँझा चोकसम्मको ५ सय रुपैयाँ असुल गरी सर्वसाधारणहरूलाई ठग्ने गरेका थिए ।
यसैबीच प्रहरीले निषेधाज्ञाको अटेर गरी पसल सञ्चालन गरेका कोहलपुरका ७ जना व्यवसायी र अनावश्यक रुपमा सडकमा सञ्चालन गरेका ३३ वटा अटो रिक्सालाई नियन्त्रणमा लिई अटोरिक्सा चालकलाई सम्झाई बुझाई छोडेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको