मन्त्रीमण्डल पुनर्गठन हुँदै, बेलुका ८ बजे शपथ ग्रहण हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने भएको छ । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेतालाई सरकारमा समावेश गराएर सरकार पुनर्गठन गरिने भएको हो ।
जसपाका नेता केशव झाका अनुसार जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीबास्तव, उमाशङ्कर अरगरिया, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र एकबाल मियालगायत ८ जना मन्त्री बन्नुका साथै चन्द्रकान्त चौधरी र रेनुका गुरुङ राज्यमन्त्री बन्ने पक्का भएको छ ।
त्यस्तै एमालेबाट सरकारमा सहभागी भएका केही मन्त्रीलाई हटाई अन्य नेतालाई समावेश गराई मन्त्रीमण्डल बिस्तार गरिने भएको छ ।
आज बेलुका ८ः०० बजे शपथ हुने जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको