
काठमाडाैँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ पत्रकार बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत हुनुहुन्थ्यो । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दोलखाका पत्रकार बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।