
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वकिलहरूलाई न्यायाधीश छान्ने अधिकार नरहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइको क्रममा वकिलहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानन्याधीश राणाले तथ्य, कानुन र विधिमा आधारित भएर बहस गर्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो ‘तपाईहरूलाई न्यायाधीश छान्ने अधिकार छैन । तथ्य, कानुन र विधिमा आधारित भएर बहस गर्नुस्।’ प्रधानन्यायाधीश राणाले संवैधानिक इजलाशमा बस्नका लागि १२ जना न्यायाधीश योग्य रहेको जानकारी गराउँदै भन्नुभयो ‘तपाईंलाई के म प्यानलै दिउँ छान्न रु को(को बस्ने भनेर रु अर्को पक्षले पनि न्यायाधीश छान्ला अनि के हुन्छ रु त्यसैले यो बस्नुस् वा नबस्नुस् भनेर भन्न मिल्दैन । पक्षले भन्दैमा न्यायाधीश छान्ने होइन । कसलाई छान्ने कुरा पक्षले भनेर हुँदैन।’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका लागि बहस गर्न पुगेका विकलहरूले भने दुइ जना न्यायाधीश तेबहादुर केसी र बमबहादुर श्रेष्ठलाइ हटाएर वादी अनुकुलको न्यायाधीयश तोक्न माग गरेका थिए । इजलाशमा को न्यायाधीश रहने वा को नरहने भन्ने विषयको विवाद टुंग्याउदै प्रधानन्याधीश राणाले सम्बन्धित न्यायाधीशले नै निर्णय गर्ने बताउनुभयो ।