
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आउनुभएको सवारी साधन आज फिर्ता गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाउनुभएको हो । निर्वतमान सांसद पालले रासससँग कुरा गर्दै भन्नुभयो, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।”