सिन्धुपाल्चोकमा भूकम्पले भत्काएको गुम्बाको गरियो शिलान्यास

सिन्धुपाल्चोक । भूकम्पले भत्काएका सिन्धुपाल्चोकका तीन वटा गुम्बाहरूको आज शिलान्यास गरिएको छ ।
२५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर आज ५ सय वर्षभन्दा पुराना मेलम्ची घ्याङ, तार्के घ्याङ र सेर्माथाङ घ्याङ्हरुको बौद्ध धर्म विधिअनुसार पूजा गरी शिलान्यास गरिएको हो ।
निवर्तमान सांसद शेरबहादुर तामाङ, प्रदेशसभा सदस्य निमा लामा, पूर्व राज्यमन्त्री डा. लार्क्याल लामा र सम्बन्धित गुम्बाका प्रमुख लामाहरूको उपस्थितिमा गुम्बाहरूको शिलान्यास गरिएको छ ।
यी गुम्बाहरू २०७२ सालको भूकम्पमा भत्किएका थिए । त्यसको पुनर्निर्माण गर्न भारत सरकारले सहयोग गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको