
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्बिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमवारको बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।
निषेधाज्ञा थप कडा पार्ने निर्णय पनि बैठकले गरेको छ ।
किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पनि खोल्न नपाइने भएको छ । तरकारी पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ ।