
काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयसँगै देशमा नयाँ राजनीतिक ध्रुविकरण र जटिलता देखिएको निष्कर्ष राजनीतिक दलहरुको छ ।
पछिल्लो राजनीतिक अवस्थालाई लिएर दलहरुबीच गहन छलफल भइरहेको छ।
प्रतिपक्षी दलहरु संसद विघटन विरुद्द राजनीतिक र कानुनी प्रतिवाद गर्ने तयारी गरिरहेका छन।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनका दलहरुले कानूनी परामर्शसहित सर्वोच्चमा रिट दायर गर्न सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका सांसदहरुले जानकारी दिनुभएको छ ।
यसै विषयलाई लिएर काँग्रेस, माओवादी र एमालेका असन्तुष्ट समुहका नेताहरुवीच आज पनि निरन्तर छलफल भइरहेको छ।