बागलुङमा होम आईसोलेशसनमा बसेकी महिलाको मृत्यु

बागलुङ। जिल्लामा कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा रहेका एक महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

गलकोट नगरपालिका–२ नरेठाटीका ६६ वर्षीया महिलाको आइतबार बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

ती महिलामा जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै बागलुङमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको