काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ३९ जनाको मृत्यु भएको छ । ९ हजार २ सय ७१ जना संक्रमित
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।
यस्तै आज ४ हजार ७ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसलाई परास्त गर्नेको संख्या ३ लाख ६ हजार ७ सय ९४ जना पुगेको छ ।









