सुनको मूल्य तोलामा १ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको