कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा १४औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको