प्रधानमन्त्रीले गर्नुभयो एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास

काठमाडौं । स्वीच थिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमुको शुभारम्भ समारोहमार्फत सबै संघीय निर्वाचन क्षेत्रमा एकर एक वटाका दरले १ सय ६५ वटा सडकको स्वीच थिचेर शिलान्यास गर्नुभएको हो ।

आज शिलान्यास भएका १ सय ६५ वटै सडकको ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएको र यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको हो ।

प्रत्यक्ष निर्वाचित सांसदहरुले निश्चित क्राइटेरियाका आधारमा सिफारिस गरेका सडकहरु छनौट भएका हुन।

सडक निमार्ण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको