गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट

पोखरा । प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनुपर्ने कानुनी व्यवस्था अनुसार २५ गतेबाट विधेयक अधिवेशन चलाउने प्रदेश सरकारले निर्णय गरेको हो ।

असोज २६ गते गण्डकी प्रदेशसभाको बजेट अधिवेशन सकिएको थियो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुदैछ । त्योभन्दा अघिल्लो दिनबाट बैठक बोलाउन प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

संसद सचिवालयमा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमात्र दर्ता भएको छ ।कोभिड लगायतका विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टीले माग गरेपछि पुस २१ गते माघ ६ गतेसम्म विशेष अधिवेशन चलेको थियो । विशेष अधिवेशनमा सार्वजनिक जरुरी महत्वको प्रस्ताव र साझा संकल्प प्रस्ताव दर्ता भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको