
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।
पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । नेकपा एमालेको बागमती प्रदेशसभा संसदीय दलको बैठक बुधबार दिउँसो बस्दै छ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् ।