एमाले र माओवादी व्यूँताउने फैसलाविरुद्ध प्रचण्डले दिए सर्वोच्चमा निवेदन

काठमाडौं। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको एकता खारेज गर्ने र एमाले, माओवादी व्यूँताउने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा पुनरवलोकनका लागि निवेदन दर्ता गराएका छन् ।

पार्टीका नेताहरु वर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मालगायत नेताहरुको साथमा आज मंगलबार बिहान सर्वोच्च अदालत पुगेर उनले निवेदन दर्ता गराएका हुन् ।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।

सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । तर, प्रचण्ड र एमालेकै असन्तुष्ट पक्षले फैसलाबारे चित्त बुझाएका छैनन् । फैसलामा मागदावी भन्दा धेरै सर्वोच्च अदालत बोलेको भन्दै उनीहरुले अदालतविरुद्ध अभिव्यक्तिहरु समेत दिँदै आएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको