
काठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ ।
त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठलाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको थियो ।
चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी गराउनुभयो ।नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।
चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप पाँच लाख डोज थपेर अनुदानमा आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । सो खोप चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । (रेडियो नेपाल)