
चितवन।चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्न थालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गर्न थालिएको हो ।
मोडिफाइ गरिएका मोटरसाइकलबाट आउने आवाजले ध्वनि प्रदुषण बढ्नुका साथै समाजमा अराजकता थपिएकाले कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
शुक्रबार मात्रै ३४ वटा मोटरसाइकललाई कारवाही गरिएको थियो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलाई ५ हजार रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिने प्रहरीले जनाएको छ ।