आम संचार तथा पत्रकारीता अध्ययनरत विद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रम
पुजा ढकाल, चितवन । सप्तगण्डकीमा आम संचार तथा पत्रकारीता विषयमा अध्ययनरत विद्यार्थीहरुको बाचन सिप र व्यक्तित्व विकास गर्ने उदेश्यले हरेक हप्ताको शुक्रबार कक्षा कोठामा अन्तर्किया कार्यक्रम हुँदै आएको छ ।
जीवनमा शैक्षिक र किताबीय ज्ञान भन्दा पनि प्राविधिक ज्ञानको बढी महत्त्वपूर्ण हुने भएकाले कक्षाकोठामा यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कुरा आम संचार तथा पत्रकारीता विषयका प्राध्यापक मधुसूदन दवाडीले बताउनु भयो।
त्यसतै आज भएको `आफ्नो बाल्यकालको होली सम्झना´ शीर्षकको कार्यक्रममा बि . ए प्रथम बर्ष (BA) मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो बाल्यकालको सम्झना गर्दै होली पर्वको शुभकामना दिएका थिए ।
कक्षाकोठामै अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दा विद्यार्थीहरु निकै हर्षित भएका छन । शिक्षककै कारणले गर्दा आफुमा बोल्ने सिपको विकास भएको, क्षमता अभिवृद्धि भएको, निडरता पन छाएको र संचार माध्यममा पनि बिकन सहजता भएको पत्रकारीता अध्ययनरत विद्यार्थीहरुले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको