
निर्मल धिताल, चितवन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीले यही चैत्र २१ गतेबाट कालिका- ४ को सहिद स्मृति क्याम्पस खेल मैदानमा फुटबल प्रतियोगिता गर्नेे भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया रहने गरि प्रतियोगिताहुन लागेको स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पुर्ण चौधरीले बताए । ´प्रथम कालिका गोल्डकप`
नाम दिइएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई बाइसाइकल पुुुरस्कार रहेको छ।
यसअघि पनि मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको थियो ।