

रबिकिरण रेग्मी, चितवन । नारायणगढको क्याम्पाचौरमा स्व. विजय खड्की स्मृति गोल्डकप फुटबल प्रतियोगिता भोलि बिहिवारदेखि सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा हुने खेलमा चितवनको २ क्लब सहित १० वटा फुटबल क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन भोलि अपराह्न ३ बजे भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्ने छिन । प्रतियोगिताको उद्घाटन खेल सेन्टल कलेज बि.एफ.सि र नुवाकोट युनाइटेड एफ.सि बिच हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३ लाख सहित शिल्ड, मेडल प्रदान गरिने छ । दोस्रो हुनेलाई रु १ लाख ५० हजार सहित शिल्ड, मेडल दिइने छ । त्यस्तै हरेक खेलको सर्बोउत्कृष्ट खेलाडीलाई रु ५ हजार र प्रतियोगिता भरिको सर्बोउत्कृष्ट खेलाडी, गोल रक्षक, सर्बाधिक गोलकर्तालाई जनही नगद रु १० हजार दिइने आयोजकले बताए ।
प्रतियोगितामा दर्शकहरुले क्वाटर फाइनल सम्मका खेल अवलोकन गर्न रु ५० तथा सेमिफाइनल र फाइनल खेलको लागि रु १ सय टिकट कायम गरिएको आयोजकले जानकारी दिएका थिए । प्रतियोगितामा दर्शकको सुविधाका लागि प्यारापिटको व्यवस्था गरिएको छ । सो प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र प्रबर्दक भरतपुर महानगरपालिका रहेको छ । प्रतियोगिता यही चैत २१ गते समपन्न हुनेछ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer