संसदको बैठक बस्दै, वार्षिक प्रतिवेदन पेश गरिने

 

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा पुनःस्थापनापछिको यो पाँचौं बैठक हो । संसद सचिवालयले आजको बैठकको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको