सेवा अहिले नेपाल सस्थाद्वारा आगलागी पीडित परिवारजनलाई कपडा लगायतका सामाग्री सहयोग 
चितवन । चितवनको कालिका-८ चिसापानीका अगलागी पीडित परिवारका ९ जनालाई सेवा अहिले नेपाल काठमाडौंको सहयोगमा लगाउने कपडा, स्टेसनरी, झुल, म्याट, टेण्ट लगायतका सामाग्रीहरु प्रदान गरिएको छ । सस्थाका अध्यक्ष अर्जुन ढकालले पठाउनु भएको सो सामाग्री सस्थाका चितवन को-अडिनेटर ईश्वरकुमार श्रेष्ठ र जनशक्ति टोल बिकाश सस्थाका अध्यक्ष रामजीबाबु श्रेष्ठले आगामी पीडित पुष्प परियारलाई हस्तान्तरण गरेका थिए । सो सस्थाले यस अगाडी पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको